NepalFlag

वि.सं:

नेपाल संवत: ११४४ कौलाथ्व पञ्चमी - ५

राष्ट्रिय सुरक्षा परिषद्

राष्ट्रिय सुरक्षा परिषद्

नेपालको संविधान भाग २८ मा राष्ट्रिय सुरक्षा सम्बन्धी व्यवस्था गरिएको छ । उक्त भागको धारा २६६ को उपधारा (१) मा नेपालको समग्र राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षा सम्बन्धी नीति तर्जुमा गर्न तथा नेपाली सेनाको परिचालन वा नियन्त्रण गर्नका लागि नेपाल सरकार, मन्त्रिपरिषदलाई सिफारिस गर्न देहाय बमोजिमका अध्यक्ष र सदस्यहरू रहेको एक राष्ट्रिय सुरक्षा परिषद् रहनेछ ।

प्रधानमन्त्री -अध्यक्ष

नेपाल सरकारको रक्षामन्त्री -सदस्य

नेपाल सरकारको गृहमन्त्री -सदस्य

नेपाल सरकारको परराष्ट्रमन्त्री -सदस्य

नेपाल सरकारको अर्थमन्त्री -सदस्य

नेपाल सरकारको मुख्य सचिव -सदस्य

प्रधान सेनापति, नेपाली सेना -सदस्य

रक्षा सचिव -सदस्य सचिव

२. जिम्मेवारी

(क) संविधान तथा प्रचलित संघीय कानून बमोजिम नेपाली सेनाको परिचालन वा नियन्त्रण सम्बन्धमा नेपाल सरकार समक्ष सिफारिस गर्ने ।

(ख) नेपाली सेनाको सुदृढीकरण एवम् आधुनिकीकरण गर्न आवश्यक कार्ययोजना तयार गरी स्वीकृतिको लागि नेपाल सरकार समक्ष सिफारिस गर्ने ।

(ग) सुरक्षा निकायको लागि चाहिने हातहतियार, उपकरण र तिनीहरुको मापदण्ड सम्बन्धी नीति तर्जुमा गरी स्वीकृतिको लागि नेपाल सरकार समक्ष सिफारिस गर्ने।

(घ) मुलुकको समग्र राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षा सम्बन्धी नीति तर्जुमा गरी नेपाल सरकार समक्ष सिफारिस गर्ने ।

(ङ) मुलुकको समग्र राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षा सम्बन्धमा नेपाल सरकारलाई राय सल्लाह दिने ।

(च) वि.सं. २०७७ आषाढ २३ गतेको मन्त्री परिषदको निर्णय अनुसार राष्ट्रिय सुरक्षा नीति २०७५को कार्यान्वयनको नियमित अनुगमन गर्ने ।