NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ तछलाथ्व पुन्हि - १५

हाम्रो मिशन

जिम्मेवारी

(क)   राष्ट्रिय सुरक्षा परिषद्को कामलाई समन्वय तथा सहयोग गर्ने । (ख)   राष्ट्रिय सुरक्षा परिषद्को निर्णयलाई कार्यान्वयन गराउन सहयोग गर्ने । (ग)   राष्ट्रिय सुरक्षा नीतिहरु तर्जुमा गर्न आवश्यक सहयोग गर्ने । (घ)   आन्तरिक तथा बाह्‍य खतराको मुल्यांकन गर्ने । (ङ)   राष्ट्रिय सुरक्षाका सम्बन्धमा अनुसन्धानात्मक कार्यपत्र तयार गर्ने । (च)   विभिन्न मन्त्रालय, सुरक्षा र अन्य निकायहरुसँग समन्वय गर्ने तथा आवश्यकता अनुसार बिशेषज्ञहरुको कार्यदल गठन गर्ने । (छ)   सुरक्षाका साथै राष्ट्रिय महत्वका बिषयहरुमा गोष्ठी, सेमिनार  संचालन गर्ने । (ज)   दैनिक सुरक्षा सम्बन्धी विश्लेषण तयार गरी प्रतिवेदन गर्ने । (झ)   राष्ट्रिय सुरक्षा नीतिको कार्यान्वयन तथा अनुगमन गर्ने । (ञ)   साप्ताहिक रुपमा सबै सुरक्षा निकायका प्रतिनिधिहरु सम्मिलित Joint Evaluation committee (JEC) को बैठकबाट बिश्लेषण गरी सुरक्षा सम्बन्धी प्रतिवेदन पेश गर्ने । (ट)   राष्ट्रिय सुरक्षा नीति, २०७५ को एकीकृत कार्ययोजना कार्यान्वयनको सम्बन्धित मन्त्रालय/निकायहरुको प्रगति विवरणको अनुगमन गर्ने ।